अभिलाष गुप्ता
वीरगंज /६ पौष
वीरगंजस्थित होटल क्लासिक बैनक्युटमा आईतबार नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीको प्रमुख आतिथ्यमा हिन्दू पत्रकार संघ नेपाल को औपचारिक घोषणा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ पत्रकार दिपेन्द्र चौहान, श्याम बन्जारा, अजय साह, ओम प्रकाश खनाल, विजय चौहान, एस.के. चौरसिया, आरोहण साह, रितेश झा, अशोक श्रीवास्तव, अजित भुजेल, श्रीराम रायमाझी लगायतको विशेष उपस्थिति रहेको थियो। साथै रक्सौलका समाजसेवी तथा लायन्स क्लबका अध्यक्ष बिमल सराफ र बिरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराजपालसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि अशोक तिवारीले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा नयाँ संगठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूको हकहित संरक्षण, पेशागत मर्यादा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढ्न सुझाव दिनुभयो।
कार्यक्रम आयोजक हिन्दू पत्रकार संघ नेपाल मधेश प्रदेश, बिरगञ्ज–पर्सा ले संगठनलाई पत्रकारहरूको साझा मञ्चका रूपमा विकास गर्दै सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र राष्ट्रिय हितका विषयमा कलम चलाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमकै अवसरमा हिन्दू पत्रकार संघ नेपालको कार्यसमिति घोषणा गरिएको थियो। घोषित कार्यसमितिमा अध्यक्षमा राजन रौनियार, उपाध्यक्षमा विनोद पटेल, महिला उपाध्यक्षमा विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ, कोषाध्यक्षमा आनन्द पटेल चयन हुनुभएको छ।
यसैगरी सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, संजय कुशवाहा, रवि वर्णवाल, राकेश साह, राजु बैठा, रश्मि राजभण्डारी, अजय चौरसिया र त्रिलोको पटेल लगायतको नाम घोषणा गरिएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूले शुभकामना व्यक्त गर्दै संगठनले पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन्।









