वीरगंजमा युवाहरुको सहभागिता बढ्दै, ५० जना जनमत पार्टीमा प्रवेश

अभिलाष गुप्ता

वीरगंज/२७ मंसिर

 

पर्सा निर्वाचन क्षेत्र नम्बर १, वीरगंज महानगरपालिका वडा नम्बर १८ सौरहामा करिब ५० जना युवाले जनमत पार्टीमा प्रवेश गरेका छन्। स्थानीय अगुवा अशोक कुँ. कानुको अध्यक्षतामा बुथ कमिटी र प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथ स्तरिय युवा दस्ता गठन गरिएको छ।

 

कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगंज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता र जेन्जी जनमत संघका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोशन पाण्डे, युवा दस्ताका महानगर संयोजक अजित सिह, आशु सिह, सुमित सिह, मन्जय शर्मा लगायतको उपस्थिति रहेको थियो।

 

भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले भने, “अबको नेतृत्व युवा पुस्तामा पुस्तातरन हुनु पर्छ। वडा देखि प्रतिनिधि सभा सम्म युवाहरु जनप्रतिनिधि भएर देश र समाजको नेतृत्व लिनु पर्छ। जहाँ भ्रष्टाचार, अनियमितता एवं जनताको काममा ढिलासुस्ती हुन्छ, त्यहाँ युवा दस्ता २४ घन्टा स्वयंसेवकको रूपमा सहयोग गर्न र खबरदारी गर्न तत्पर रहनेछन्।”

 

 

 

सम्बन्धित पोस्टहरुः