अभिलाष गुप्ता
वीरगंज २५ मंसिर
जिवन ज्योति सेकेन्डरी स्कुल रानीघाटले आज ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे २०८२’ कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष रेनु अग्रवाल रहेको कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा हजुरबुबा–हजुरआमाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिमा मानवसेवा आश्रम बिरगञ्जका संस्थापक एवं समाजसेवी देवेश गुप्ता, बिरगञ्ज युवा समाजका अध्यक्ष सन्जिव थापा, लायन्स क्लब बिरगञ्ज परिवारका अध्यक्ष नरोतम पाण्डे, स्कुल संचालिका मिनाक्क्षी गुप्ता तथा अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी भए।
एलकेजी, युकेजी र नर्सरी कक्षाका स–साना बालबालिकाहरूले विभिन्न सांगीतिक प्रस्तुति, नाटक तथा नृत्यमार्फत अतिथिहरूलाई मुग्ध पारे। बालबालिकाको उत्साह, हजुरबुबा–हजुरआमाप्रति सम्मान तथा पारिवारिक सद्भाव उजागर गर्ने उद्देश्यले कार्यक्रम विशेष रूपमा मनाइएको विद्यालयले जनाएको छ।
उक्त कार्यक्रममा हजुरबुबा–हजुरआमाहरू लाई गेम पनि खेलाईएको थियोे।खेल पश्चात् गिफ्त समेत दिईएको थियोे।
स्कुलका संचालक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी उज्ज्वल घिमिरेले सफलतापूर्वक संचालन गरेका थिए। विद्यालयले शैक्षिक गतिविधिसँगै नियमित रूपमा यस्ता प्रेरणादायी तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।









