अभिलाष गुप्ता
वीरगंज, २० मंसिर
लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा आदर्शनगर रंगशालामा आज ‘6th Corporate Super Six Cricket Tournament–2082’ भव्यरूपमा सुरुआत गरिएको छ। समारोहको अध्यक्षता लायन नरोत्तम पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रहनुभएको थियो।
उद्घाटन कार्यक्रममा स्पोर्ट्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ता, लायन्स डिस्ट्रीक्टका पूर्व गभर्नर लायन डा. रमेश कुमार अग्रवाल, पूर्व गभर्नर लायन देवकी नन्दन अग्रवालसहित फस्ट भाइस गभर्नर लायन रामबिहारी पाण्डे, डिस्ट्रीक्ट एक्ज्युटिभ चिफहरू बासु तिमल्सिना, रिकेश साह, उमेश शर्मा, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, एरियाचिफ लायन रामेश्वर गुप्ता तथा बिएसएका प्रमोद गुप्ता, नरेश रौनियारलगायत पदाधिकारी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।
उद्घाटनपछि आजै भएको प्रारम्भिक चरणअन्तर्गत १२ खेल सम्पन्न भए। बैंक, फाइनान्स र विभिन्न कर्पोरेट संस्थाबाट सहभागी २४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।
आजको खेलमा पतञ्जली, प्रेस्टिज र शिखर इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गर्दै आउँदो शनिबार हुने सुपर–८ चरणमा प्रवेश गरेका छन्।
बाँकी खेलहरू पुस २७ गते सम्पन्न गरिने र सोही दिन फाइनल खेल आयोजना गरिने जानकारी वीरगंज स्पोर्ट्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ताले दिनुभएको छ।









