वीरगंज मेलामा राती ग्याङ फाइट,एकको मृत्यु

 

 

 

बिरगंज । वीरगंज मेलामा राती ग्याङ फाइटबाट एक जनाको मृत्यु भएको छ।वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रको बीचमा भएको राती ग्याङ फाइटमा एक जना करिब २० वर्षीय युवकको मृत्यु भएको छ।

 

प्रहरीका अनुसार, गहवामाइ मेला चलिरहेको बेला राती करिब १२ देखि १ बजे बीच गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको थियो। यस क्रममा गोल्डेन नामका युवकको उपचारको लागि नारायणी अस्पताल लैजाँदै गर्दा बीच बाटोमै उनको मृत्यु भएको हो।

प्रहरीले घटनास्थल गितामन्दिर रोडलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको संकामा केहि ब्यक्तिलाइ प्रहरीले नियन्त्रण मा लिएको छ भने अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरी ले जनाएको छ मृतकको शव नारायणी अस्पतालमा राखिएको छ। अन्यथप विवरण आउन बाँकी छ।

 

सम्बन्धित पोस्टहरुः