वीरगंज, पर्सा
पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित चौथो मेयर कप–२०८२ को उपाधि जागृत युवा क्लबले जितेको छ। बिरगंज महानगरपालिका उप–मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा भएको फाइनल खेलामा प्रमुख अतिथि इम्तियाज आलम ले खेल प्रती को कदर र खेलाडीहरु लाई शुभकामना दिनु भएको थियो।मधुवाहा क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा विभिन्न व्यक्तिहरू तथा संस्थाहरूले अतिरिक्त पुरस्कारको घोषणा गरेका थिए र ती पुरस्कारसमेत खेलाडीहरूलाई वितरण गरिएको थियो। फाइन खेला हेर्न स्थानियहरुकाे उत्साहजन उपस्थिती रहेकाे थियाे ।सुरुमा ब्याटिङ गरेको वडा नं. ६ को टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनाएको थियो। १०२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नो हात पारेको छ।
शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जगरनाथपुर गाउँपालिका–६ को क्रिकेट टिमलाई पराजित गर्दै जागृत युवा क्लब विजयी हासिल गरेको हो।सुरुमा ब्याटिङ गर्दै वडा नं. ६ को टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनाएको थियो। १०२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नाे नाममा पारेकी थियो।
विजेता बनेको जागृत युवा क्लबलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ५१ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरेको थियो। त्यसै गरि उप–विजेता वडा नं. ६ लाई उपाध्यक्ष बिविता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले २५ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरेका थिए।
फाइनल खेलको म्यान अफ द म्याच जागृत युवा क्लबका अनिल महरा घोषित भएका थिए। बेस्ट ब्याट्सम्यान क्लबका सुजित पटेल, बेस्ट फिल्डर वडा नं. ६ का सन्दिप पटेल, बेस्ट बलर १९ विकेट लिएका वडा नं. २ का सहजाद देवान तथा म्यान अफ द सिरिज को उपाधी वडा नं. २ का दिपु राउत लाई प्रदान गरिएको थियो । जगरनाथपुर–५ का वडाध्यक्ष बिहारी महतो नुनिया, वडा नं. ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी, कृषि शाखा प्रमुख दया चौहान लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक रूपनारायण प्रसाद साहले गरेका थिए ।









