,

प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबारदेखि, ८ जिल्लाको सहभागिता

पवन साह Avatar
प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबारदेखि, ८ जिल्लाको सहभागिता

अभिलाष गुप्ता

बिरगंज २८ कार्तिक

 

बीरगंज — नेसनल प्याब्सनद्वारा आयोजना हुन लागेको प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबार बिहान १० बजेबाट सुरु हुने भएको छ। प्रतियोगितामा प्रदेशका ८ वटा जिल्लाबाट सहभागीता रहने जानकारी आयोजकले दिएको छ।

 

प्रतियोगिता वीरगंजको घन्टाघरस्थित क्लासिक बैंक्वेटमा सम्पन्न हुनेछ। प्रदेशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर मैत्रीपूर्ण प्रतिस्पर्धा, ज्ञान–विकास र हाजिर–जवाफ क्षमताको प्रसार गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेसनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादवले जानकारी दिए।