,

वीरगंजमा ट्रिगर आउट फिटनेस जिमद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पवन साह Avatar
वीरगंजमा ट्रिगर आउट फिटनेस जिमद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २२ कार्तिक

 

सामाजिक उत्तरदायित्व अन्तर्गत ट्रिगर आउट फिटनेस जिमद्वारा आज एकदिने रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।“For the noble gesture of rendering humanitarian service by donating a unit of blood” भन्ने नारासहित आयोजित कार्यक्रममा १४ जना महिला सहित ५० जना रक्तदान गरेका थिए।

 

कार्यक्रम ट्रिगर आउटका फाउन्डर अरमान सहानी र डाइरेक्टर श्याम अग्रवालको पहलमा सम्पन्न भएको थियो।रक्तदान कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित नेपाल रेडक्रस सोसाइटी वीरगंजका अध्यक्ष बृजकिशोर पटेल र नेपाल इनोभेन्ट सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाईले रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका थिए।

 

त्यसैगरी नेपाल इनोभेन्ट सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाईले भने रक्तदान केवल जीवन बचाउने कार्य होइन, यो मानवता प्रतीको सम्मान हो। ट्रिगर आउट फिटनेस जस्तो संस्था र युवा पुस्ताले सामाजिक चेतना फैलाउने यस्ता कार्यक्रमको आयोजना गर्नु निकै प्रेरणादायी छ। भविष्यमा पनि हामी यस्ता सामाजिक अभियन्ता संस्थाहरूसँग सहकार्य गर्दै जनसेवामा लाग्नेछौं उनले बताए।

 

कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेको प्राविधिक टोलीले रक्त संकलन तथा व्यवस्थापनमा सहयोग पुर्‍याएको थियो।आयोजक अरमान सहानीले भने रक्तदान जीवनदान हो, यो हाम्रा फिटनेस सदस्यहरू र समाजका सबै युवाका लागि गर्वको विषय हो। आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइनेछ।

 

कार्यक्रममा स्थानीय युवाहरू, जिमका सदस्य, समाजसेवी राजेन्द्र भट्टराई तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टोलीले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको थियो।