नेपाल अफगानिस्तानसँग पराजित

पवन साह Avatar
नेपाल अफगानिस्तानसँग पराजित
काठमाडौँ २१ कात्तिक । हङकङ सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । शुक्रबार मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै मात्र ९५ रन बनाउन सक्यो ।
नेपालका लागि सन्दीप जोराले ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, राशिद खान र मोहम्मद आदिल आलमले ११–११ रन बनाउँदा लोकेश बमले १० रनको योगदान दिए । अफगानिस्तानका लागि फर्माउल्लाह र अहमद अमादाजीले एक–एक विकेट लिएका थिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।
अफगानिस्तानका लागि करिम जन्नतले सर्वाधिक ३५ रन बनाए भने फर्मउल्लाहले ३० रन र गल्बदीन नाइबले २२ रन जोडे । नेपालका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए भने लोकेश बमले एक विकेट हात पारे ।