अभिलाष गुप्ता
बिरगंज १७ कार्तिक
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्ज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि टेबल र कुर्सी हस्तान्तरण गरेको छ। सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्वमा गएको पदाधिकारी टोलीले महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई औपचारिक रूपमा उक्त सामग्री हस्तान्तरण गरेको हो।
सङ्घले १५ वटा टेबल र १५ वटा कुर्सी वीरगञ्ज महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेको जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख सिंह र प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष गौतमसहित उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद कलवार, सह–सचिव अनुप अग्रवाल तथा प्रशासकीय अधिकृत मनोज उपाध्यायको उपस्थिति रहेको थियो।
सङ्घले वीरगञ्ज महानगरपालिकाको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ यो कार्यालय सामग्री हस्तान्तरण गरेको जनाएको छ।









