वीरगंज, १५ कात्तिक । वीरगंज महानगरपालिका–२६ सुगौली विर्तामा महोत्सवमा कुस्ती प्रतियोगिताको संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्र बहादुर अमात्यले गरेका छन् । खेलकुद समाजमा एकता, अनुशासन र सद्भाव फैलाउने माध्यम भएको बताउँदै उहाँले यस्ता प्रतियोगिताले स्थानीय युवा र खेलाडीहरूलाई प्रेरित र उत्साहित बनाउने धारणा व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रमा सरकारको लगानी र सहयोग बढाउनुपर्नेमा जोड दिनुभयो। भारतका चर्चित पहलवान अब्दुल गनी र नेपालका कुशल पहलवान देवा थापाबीचको रोमाञ्चक प्रतिस्पर्धाले दर्शकहरूको ध्यान खिचेको थियो । खेलमैदानमा हजारौँ दर्शकहरूको उपस्थिति थियो । सुगौली विर्ता मेला महोत्सवको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो कुस्ती प्रतियोगितामा नेपाल र भारतका धेरै चर्चित पहलवानहरू सहभागी हुने जानकारी आयोजकले दिएको छ। कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दुबे, समानुपातिक उम्मेदवार शम्भू चौहान, विजय कर्ण, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, विजय उपाध्याय, रोशन लामीछाने, मनोज यादवलगायतकाको उपस्थिति रहेको थियो। महोत्सवमा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको छ ।









