तिन दिन देखि लगातार अविरल वर्षाले धनुषाका खेत डुबाए, तयारी अवस्थामा रहेका धानवालीमा ठूलो क्षति

पवन साह Avatar
तिन दिन देखि लगातार अविरल वर्षाले धनुषाका खेत डुबाए, तयारी अवस्थामा रहेका धानवालीमा ठूलो क्षति

रामबाबू यादव/ धनुषा

 

तिनदिन देखि लगातार अविरल वर्षाका कारण धनुषा जिल्लाका विभिन्न स्थानमा तयारी अवस्थामा रहेका धानका बालीमा ठूलो क्षति पुगेको छ। खेतहरूमा पानी जमेर बाली लडेपछि किसानहरूको वर्षभरको मिहिनेत पानीसँगै बगेको छ।

 

स्थानीय किसानहरूले जनाएअनुसार, कटानी नजिकिएको समयमा आएको लगातार वर्षाले खेतमा पानी जमाएको छ र बाली भासिएपछि उत्पादनमा ठूलो असर पर्ने भएको छ।

 

“सिजनभर मेहनत गरेर बाली हुर्कायौं, अब भित्र्याउने बेला बर्खाले सबै बिगार्‍यो,” एक किसानले दुःख व्यक्त गरे।

 

धानमुख्य उपज हुने धनुषाको ग्रामीण क्षेत्रहरूमा अहिले किसानहरू चिन्तित बनेका छन्। उनीहरूले सरकार र सम्बन्धित निकायहरूलाई तत्काल क्षतिको मूल्यांकन गर्न र राहत उपलब्ध गराउन माग गरेका छन्।

 

“किसानहरूको मिहिनेत व्यर्थ नजाओस्,” स्थानीयवासीहरूको आग्रह छ।