वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम

पवन साह Avatar
वीरगंज–२४ मा वृक्षारोपण कार्यक्रम
वीरगंज, १४ कात्तिक । वीरगंज महानगरपालिका वडा नम्बर २४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका कार्यालय, भारतीय महावाणिज्य दूतावास वीरगंज, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा करिब १०० वटा विभिन्न प्रजातिका बिरूवाहरू रोपिएको थियो । कार्यक्रममा मेयर राजेशमान सिंह, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, एसएसपी शान्तिराज कोइराला, डीएसपी सुदीप राज पाठक, इन्स्पेक्टर विक्रम सुवेदी, ट्राफिक प्रमुख युवराज कटवाल र भारतीय महावाणिज्य दूतावासका दूत डिएस मिनालगायतको सहभागीता थियो । मेयर सिंहले वृक्षारोपण मात्र होइन, तिनको संरक्षणमा पनि सबैको समान जिम्मेवारी हुन्छ । यस्तो अभियानले वीरगंजलाई हरियो, स्वच्छ र सुन्दर शहर बनाउन मद्दत पु¥याउने बताए ।