जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक निकिता मिश्राको बिदाइ

पवन साह Avatar
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक निकिता मिश्राको बिदाइ

जनकपुर १४ कार्तिक

 

जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई कार्यक्रम बिहीबार एक भावनात्मक वातावरणमा सम्पन्न भयो।

 

धनुषामा कार्यरत रहँदै उत्कृष्ट पेशागत दक्षता, इमानदारी र सेवाभावका साथ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी मिश्रालाई सहकर्मी, वरिष्ठ अधिकारी तथा स्थानीय सरोकारवालाहरूले सम्मानपूर्वक बिदाई गरे।

 

कार्यक्रममा बोल्दै निरीक्षक मिश्राले भनिन जिल्ला प्रहरी कार्यालय धनुषामा बिताएका हरेक पलहरू मेरो जीवनका अमूल्य अनुभवका रूपमा रहनेछन्। हिजो जस्तो लाग्छ यस कार्यालयमा हाजिर भएको, तर आज निस्कँदा महसुस भयो समय कति छिटो बितेछ। यहाँका मानिसहरू, सहयोग र माया सदैव सम्झनामा रहनेछ।

 

उनले थपिन् यहाँबाट प्राप्त सिकाइ, अनुभव र माया मेरो आगामी सेवायात्राको आधार बन्नेछ भन्ने विश्वास लिएको छु। यो बिदाई होइन, नयाँ यात्राको सुरुवात हो।कार्यक्रममा जिल्ला प्रहरी प्रमुख, अन्य अधिकृत तथा प्रहरी कर्मचारीहरूले उनको योगदानको उच्च प्रशंसा गर्दै सफल भविष्यका लागि शुभकामना व्यक्त गरे।

 

निरीक्षक मिश्राले धनुषामा रहँदा सुरक्षा व्यवस्थापन, महिला तथा बालबालिका सम्बन्धी मुद्दा, र सामुदायिक–प्रहरी सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन्।कार्यक्रमको अन्त्यमा उनलाई स्मृति चिन्ह प्रदान गर्दै औपचारिक रूपमा बिदाई गरिएको थियो।