,

आत्मविश्वास र दृढसंकल्प नै जीवनको शक्ति हो : बिमल सर्राफ

पवन साह Avatar
आत्मविश्वास र दृढसंकल्प नै जीवनको शक्ति हो : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण

“उद्यानमा फुल फुल्दा जस्तै ती सुगन्धले पूरा वातावरण सुगन्धित बनाउँछ, त्यसरी नै मानवजीवन पनि एउटा फूल हो, जसको सुगन्ध चारैतिर फैलिनुपर्छ।” लायन्स क्लब अफ रक्सौलका सचिव तथा मिडिया प्रभारी समेत रहेका सामाजिक कार्यकर्ता लायन बिमल सर्राफले यसो भन्दै जीवनमा आत्मविश्वास र दृढसंकल्पको महत्वबारे आफ्नो विचार सार्वजनिक गरेका छन्।

 

उनका अनुसार जीवनका केही आधारस्तम्भहरू छन् — दृढसंकल्प, आत्मविश्वास, निश्चित उद्देश्य, अनुकूल वातावरण, श्रद्धा र उत्तम विचार। यी आधार कमजोर भए जीवनको कुनै मूल्य रहँदैन। दृढसंकल्पमा ठूलो शक्ति हुन्छ, जसले मानिसको जीवनलाई पूर्णरूपमा परिवर्तन गर्न सक्छ। मानिसको असफलताको कारण दृढसंकल्पको कमी हो, जसले गर्दा मानिस बीचमै आफ्नो लक्ष्य त्यागिदिन्छन्।

 

सर्राफले भने, “जस्तै जीवनका लागि भोजन आवश्यक हुन्छ, त्यस्तै सफलताको लागि आत्मविश्वास अत्यावश्यक हुन्छ। आत्मविश्वास त्यस्तो शक्ति हो जसले आँधी–तुफानलाई रोक्न सक्छ, संघर्षसँग जुझ्न सक्छ र पानीमा पनि आफ्नो बाटो खोज्न सक्छ।”

 

अनुकूल वातावरणले प्रत्येक व्यक्तिलाई स्वतन्त्र रूपमा सोच्न र रुचिअनुसार कार्य गर्न सक्षम बनाउँछ। उनका अनुसार, गलत वातावरणमा रहँदा कोही पनि आफ्नो विकास गर्न सक्दैन। श्रद्धा पनि जीवनको अर्को महत्वपूर्ण पक्ष हो — जब अगाडि उज्यालो देखिँदैन, श्रद्धा नै त्यो शक्ति हो जसले अन्धकारमा पनि सुरक्षित रहँदै अघि बढ्न प्रेरित गर्छ।

 

त्यस्तै, उत्कृष्ठ जीवनका लागि सही विचारको दिशा आवश्यक छ। “विचारमा ठूलो शक्ति हुन्छ, जसले मानिसको मनलाई समुद्र जस्तै विशाल बनाउँछ,” सर्राफले भने। “जब विचारहरू शुद्ध हुन्छन्, तब परिस्थितिहरू पनि मानिसको अधीनमा आउँछन्।”

 

अन्त्यमा उनले भने, “जीवनरूपी बगैंचामा दृढसंकल्प, आत्मविश्वास, निश्चित उद्देश्य, श्रद्धा र सही विचाररूपी फूलहरू फुल्न जरुरी छ, तब मात्र जीवन सार्थक मानिन्छ।”