पवन प्रसाद साह/वीरगंज
आगामी छठ पर्वलाई लक्षित गर्दै श्री राम जानकी युवा क्लबले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको गर्दौल गाउँस्थित छठघाटमा सरसफाई अभियान सञ्चालन गरेको छ।
क्लबका युवाहरूले बिहानैदेखि घाट क्षेत्रमा फोहर–कचरा संकलन, झाडी काट्ने, बाटो सफा गर्ने र नालासफाईजस्ता कार्यहरू सम्पन्न गरेका छन्।
क्लबका अध्यक्ष रंजय कुमार यादवले बताउनुभयो,
> “छठ पर्व हाम्रो साझा संस्कृति र आस्थाको प्रतीक हो। श्रद्धालुहरूले स्वच्छ र पवित्र वातावरणमा पूजा–अर्चना गर्न सकून् भन्ने उद्देश्यले हामीले यो सरसफाई अभियान सञ्चालन गरेका हौं।”
यस सरसफाई कार्यक्रममा संजय साह,दिपक पटेल,दिपेश यादव,पुनदेव साह,अरुण मुखिया,रिन्कु मुखिया,योगि ठाकुर, राजन साह,मन्टु पटेल,चन्दन साह,युराज साह, शबिबेक पटेल, सुरज पटेल,रोशन साह लगायतका व्यक्तिहरूले सक्रिय रूपमा सहभागी भई छठघाट सफा गरेका थिए।
स्थानीय बासिन्दा र श्रद्धालुहरूले क्लबका सदस्यहरूको यो सामाजिक कार्यको प्रशंसा गर्दै हरेक वर्ष यस्ता सरसफाई अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
यस अभियानमार्फत रामजानकी युवा क्लबका सदस्यहरूले “स्वच्छ घाट, सुन्दर छठ” भन्ने सन्देश गाउँभरि फैलाएका छन्।









