,

मधेस प्रदेश सरकार द्वारा छठपर्वका लागि कात्तिक ११ गते सार्वजनिक बिदा

पवन साह Avatar
मधेस प्रदेश सरकार द्वारा छठपर्वका लागि कात्तिक ११ गते सार्वजनिक बिदा

जनकपुर : मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ । प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट (कात्तिक ११ गते मङ्गलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको हो ।

 

मन्त्रालयका उपसचिव गणेश नायकले जारी गर्नुभएको सूचनामा मधेस प्रदेश सरकारद्वारा विसं २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने भनी उल्लेख भएको जानकारी दिनुभयो । उहाँले सोहीअनुसार कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।