शैलेश गुप्ता /५ कार्तिक, पोखरिया
पर्सा को पोखरिया नगरपालीका तथा आसपासका क्षेत्रहरुमा एनसेल प्रयोगकर्ताले ठगीएका गुनासो गरेका छन । करिब ३ महिना देखी एनसेलको सँधैअन डाटा पैक वा अन्य डाटा पैकहरुमा एनसेल प्रयोग कर्ताले डाटा किन्दा बारमबार ठगीरहेका गुनासो गरेका छन ।
मोबाईलमा ४ जि देखाए पनी चलन नसकेको गुनासो गरेका छन । पटक पटक एनसेल ग्राहक सेवा निर्देशनालय ९००५ मा फोन गरी समस्या बताए पनी हाल सम्म समाधान नभएको बताएका छन ।
एलसेल बाट एनसेल र एनसेल बाट अन्य नेटवर्कमा काल गर्दा कहिले फोन लागने कहिले फोन नलागने कहिलेआफै कलइण्ड हुने बताएका छन ।
एनसेल ग्राहक सेवा निर्देशनालय ९००५ मा गुनासो गर्दा त्यस क्षेत्रमा एनसेल प्रयोग कर्ता बढी भएको हुनाले सो समस्या उत्पन भएको एनसेल ग्राहक सेवा निर्देशनालयका प्रतिनिधिहरुले बताएका छन । चाडै यो समस्या समाधान हुन्छ भने बताए पनी हाल सम समाधान नभएको प्रयोग कर्ताहरुले बताएका छन ।









