दिपेश साह/रौतहट
नेकपा (एमाले) पार्टी क्षेत्र नं. ३ द्वारा आज एक विशेष नेता तथा कार्यकर्ता छलफल कार्यक्रम सम्पन्न गरिएको छ। संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिहरू तय गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा पार्टीका नेताहरू, जनप्रतिनिधि र कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा पार्टीको वर्तमान अवस्था, जनताको विश्वास पुनःस्थापना गर्ने उपाय, र विकास तथा सुशासनका एजेन्डामा केन्द्रित हुने विषयमा विस्तृत बहस भएको छ।
कार्यक्रमका प्रमुख वक्ता तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कुन्दन कुशवाहाले आफ्नो मन्तव्य राख्दै अब “तैय चुप मैय चुव भएर बस्ने अवस्था नरहेको” उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई संगठनभित्र एकता, अनुशासन र जनतामुखी अभियानमा सक्रिय रहन आग्रह गरे।
उनले जनताको समस्यामा साक्षात् उपस्थित भई पार्टीप्रति विश्वास पुनःस्थापना गर्न सबै तहका कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिए।
छलफल कार्यक्रमले पार्टीको आगामी दिशा र राजनीतिक रणनीति निर्धारणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरिएको छ।









