पुजा गरेर धूमधामका साथ धनतेरस मनाइयो

पवन साह Avatar
पुजा गरेर धूमधामका साथ धनतेरस मनाइयो

 

 

 

 

वीरगंज/ १ कात्तिक

हिन्दू धर्मावलम्बीहरूले आज देशभर पूजाअर्चना गरी धनतेरस पर्व हर्षोल्लासका साथ मनाएका छन्। धनतेरसलाई दिपावली (तिहार) पर्वको पहिलो दिनका रूपमा मनाइन्छ। यस दिन धन, ऐश्वर्य र समृद्धिका देवी लक्ष्मी तथा धनका देवता कुबेरको पूजा आराधना गरिन्छ।

 

धनतेरसको दिन बजारहरूमा सुनचाँदी, भाँडाकुँडा, गहना, नयाँ कपडा र इलेक्ट्रोनिक सामान किन्ने परम्परा रहिआएको छ। ‘धन’ शब्दले सम्पत्ति र ‘तेरस’ शब्दले तिथिको संकेत गर्ने भएकाले यो दिनलाई धन–सम्पत्तिको शुभ दिनका रूपमा लिइन्छ।

 

आजको दिन सन्ध्याको समयमा घर–घरमा लक्ष्मी पूजासँगै दियो बाल्ने, तोरण र रङ्गोली सजाउने परम्परा छ। धेरैजसो परिवारले यस दिन नयाँ भाँडाकुँडा वा तामाको वस्तु खरिद गरेर घरमा शुभता ल्याउने विश्वास गर्छन्।

 

धनतेरससँगै पाँचदिने तिहार पर्व औपचारिक रूपमा सुरु भएको छ, जसको दोस्रो दिन भोलि कुकुर तिहार मनाइनेछ।