रन्धिर साह /रौतहट
रौतहटको देवाही गोनाहीमा एक पुर्व शिक्षक चौधरीको स्कुटी दुर्घटनामा परि मृत्यु भएको छ । देवाही गोनाही ३ निवासी करिब ६५ वर्षिय किशोरी चौधरीको आज स्कुटी दुर्घटनामा परि निधन भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले बताएका छन् ।
प्रहरीका अनुसार सोही नपाको वडा नम्बर ८ स्थित कुन्दन रोड छेउमा ना ३८ प १३८९ नम्बर स्कुटीमा सवार रहेका चौधरीको गाडी अनियंत्रित भइ धान खेतको छेउमा पानीमा खसेर निधन भएको बताएका छन् ।
रौतहट जिल्लाको देवाहिगोनाही नगरपालिका स्थित कुन्दन रोडमा करिब ५:३० बजेको समयमा सो दुर्घटना भएको प्रहरीले जनाएका छन् ।









