बारा / भ्रष्टाचार विरोध बारे जेएनजीले गरेको प्रदर्शनमा देश जल्यो । जेनजीले गरेको आन्दोलन भदो २४ गते अपरान्ह १ बजे जेएनजीले आफ्नो माग पुरा भए पश्चात आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको थियो ।
सुनियोजित ढङ्गले आतंककारी समुहको झुण्डले साझ ६ बजेर १५ मिनेटमा घरमा पसेर आगो लगाएको पुर्व मन्त्री ज्वाला कुमारी साह बताउछिन । हतियार सहित मार्ने उदेश्यले नै घरमा पसेका आतंककारी समहुले राती १२ बजे सम्म घर मै बसेर आगो लगाएकोले आफु सहित श्रीमान अमृत शर्मा बजगाई, जेठो छोरा अंशुराज बजगाई साह, माहिलो छोरा अभिषेक बजगाई साह, कान्छो छोरा अजित बजगाई साह सहित घरका सदस्यहरु घर विहिन भएको साह बताउछिन ।
आफ्नो घरमा आगो लगाएका आतंककारी समुहको पहिचान सिसिटिभीबाट गरिसकेको उनले बताईन । प्रहरीमा सबुत प्रमाण सहित उजुरी समेत दिएको साहले जानकारी गराईन । रिस राग राख्नु मानविय गुण हो । तर कसैको निजी सम्पत्ति जलाउन छुट कसैको नभएको दाबी गरिन ।
देशमा दशैको रौनक छाएको बेला पुर्व मन्त्री जलेको घरको पिडाको रोदनमा छिन । जनताको हर सुख दुखमा हमेशा साथ रहेको उपज नै हो कि आज मेरो घर पुर्ण रुपमा ध्वस्त भएर बस्न लायक नभएकोले पनि जनताले आफ्नो घरमा बास बस्न खानको लागि बोलाएको देखेर मन प्रफुल्लित भएको छ ।
राजनितिकमा आफुले जनताको यही माया पाएको उनले सुनाईन । जनताको पिडामा आफु अडिग भएर उभेको फल, ’आज आफुलाई दुख पर्दा मेरो क्षेत्रका जनताले दिनहु फोन गर्छन, आफ्नो घरमा बस्न खानको लागि उनले भने जनताको माया साथले आखा रसाएको छ ’ ।जनताको घरमा सरसोको साग, चामल, ढिँडो, रोटी खान पाएको छु ।
घर बनाउन लिएको ऋण चुक्ता नगर्दै अर्को ऋणको बोझ आफुमा परेको उनले दुखेसो पोखिन । दुखको बेला जनताले घाउमा मलहम लगाएको देखेर आफ्नो आत्मविश्वास बढेको उनले सुनाईन । आफ्नो जनताको हकहितको लागि हरेक लडाई, संघर्ष गर्न आफु तैयार रहेको समेत जानकारी गराईन ।
बाढी पहिरोले देश डुबिरहेको बेला आफ्नो घर पनि जलमग्न भएको उनले बताईन । आपराधिक समुहले घरको माथिलो र बिचको छतमा चिरा चिरा गरेकोले वर्षातको पानीले घरमा डुबान नै भएको उनले बताईन ।
कलैयाको १ कठ्ठा १० धुर घडेरी मध्ये १५ धुर घडेरी बेचेर जितपुर सिमरा–१६ पिलुवा स्थित आफ्नो पुर्खौली जग्गामा हालेर ५० लाख जति ऋण निकालेर घर निर्माण गरे, मेरा शुभचिन्तकहरुले सके जति सहयोग समेत गरेको साहले बताईन । घर भनेको बारम्बार नबन्ने भएकोले ऋण निकालेर भए पनि बस्न लायक बनाए ।
किचन,शौचालय, हल सहित दुख गरेर बनाएको घर आतंककारीहरुले जलाए । मार्ने उदेश्यले हतियार सहित घर जलाउन आएको त्यो भयावह घटना सम्झिदा आफु कतै पनि बिच्चलित नभएको उनले बताईन । भिडले ’ एमाले अध्यक्ष केपी ओलीको छोरी ज्वाला कुमारी साहलाई काटनु पर्छ भन्ने अपशब्दले चित दुखेको बताईन । यस्तो अवस्था रह्यो भने मधेशी मुलका महिला घरबाट कसरी निस्किने भन्ने ठुलो प्रश्न उब्जाएको छ ।
घर बनाउन लिएको ऋण उधारै रहेको सम्झिन । फर्निचर,एसी देखि पसलहरूमा सबै बाकी रहेको जानकारी गराईन । घर बनाउन पाच वर्ष लाग्यो तर अराजक समुहले खरानी पाच घण्टामा खरानी बनाए , आफु शुन्य अवस्थामा आइपुगे अब फेरी घर बनाउने कि उधारो बैकको ऋण तिर्ने चिन्ताले सताएको साहले पिडा पोखिन ।
आफ्नो एक मात्र शहारा घर थियो । जुन आतंककारी समुहले जलाएर ध्वस्त पारेकोले आज म जनताको घरमा बस्न बाध्य भएकी छु, साहले भने । बाल्यकाल देखि बुवा आमासंगै राजनिती गरेकी साह करिव ३३ वर्ष देखि समाज सेवामा बिताइन ।
घर निर्माण गरे पश्चात काठमाडौं डेरामा बस्ने कोठाबाट आफ्नो राजनितीक जिवनको अविस्मरणीय पुरस्कार ल्याएर एउटा कोठामा लाईब्रेरी बनाई सजाएर राखेको उनले बताईन ।
२०६४ मा संविधान सभा सदस्य हुदा आफुले पाएको सम्मान, २०६७ सालमा भुमिसुधार राज्यमन्त्री हुदा भुमाफिया भ्रष्टचारीहरुको नियन्त्रण गर्नै अभियान चलाउदा बुद्धिजिबि नागरिक समाज लगायत देश विदेशबाट गोल्ड मेडलले सम्मान पाएको, प्रयटन राज्यमन्त्री हुदा धेरै सम्मान पाए, संविधान सभाको बेला कलैया गंजभावानीपुर जोडने पशाहा पुल,रामनगर मिलन चौकको बिचको पुल लगायत धेरै विकास निर्माणको कामहरु रातो किताबमा समावेश गराएको थिए ।
भुमिसुधार राज्यमन्त्री हुदा आफनै पालामा बाराको मालपोत, नापी कार्यालहरुलाई व्यवस्थित गराएको थिए ।
श्रीमान श्रीमतीलाई एक सम्मान हक दिने उद्देश्यले आफनै पालामा कैबिनेटमा नितिगत रुपमा पास गराइ बर्दिया देखि पहिलो चोटी लालपुर्जा वितरण गरेको थिए । प्रत्येक मालपोत कार्यलयमा बैक काउन्टर राख्ने निर्णय गराई, भुउपयोग निति पास गराए ।
२०७४ मा प्रदेश सभामा निर्वाचित हुदा धेरै मान्छेले सम्मननित गरेका थिए, ’ सबै सम्मान एक वर्ष अगाडी काठमान्डौ भाडाको कोठाबाट ल्याएर राखेको थिए ’ आतंककारी समुहले सबै जलाए । आफ्नो राजनितीक जिवनको अमुल्य सम्मान गुमाउदा मेरो भावना जलेर खरानी भएको साहले बताईन ।
आफ्नो कार्यकालमा जनताको लागि गर्न धेरै प्रयास गरे, ’ जसमध्ये एक निर्वाचन क्षेत्र एक नमुना सडक, एक निर्वाचन क्षेत्र एक बर्थिङ सेन्टर, पसाह खोला, बालगंगा खोला नियन्त्रण देखि इमृति खोलामा पुल, मदरसा स्कुल, मठ मन्दिर, विधालय लगायतको निर्माण कार्य, छात्राहरूलाई साइकल बितरण, सिचाईको काम, शुद्ध खानेपानी, जनता आवास देखि महिलाहरूलाइ आफ्नो तलबबाट आँखा सिबिर लगायतका काम गरेको बताईन ।
२०७९ प्रतिनिधि सभामा निर्वाचित हुदा कृषि मन्त्रीको कार्यकालमा किसानको हकहितमा धेरै काम गरेका थिईन । अव्यवस्थित, सुकुम्बासी, भुमिहिनका लागि जग्गाको लालपुर्जा प्राप्त गर्ने काम अघि बढेको थियो ।
आफ्नो ३ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत ३७ वटा वडाहरु पर्ने गरेको जानकारी गराईन । तराई सुख्खाग्रस्त हुदा सिचाईको लागि बोरिङ्ग देखि लिएर शुद्ध खानेपानीको व्यवस्था गरि कसरी हिडेको के कको लागि हिडेको हिडाइले पनि जनताले महसुस गरेको उनले बताईन ।
आफ्नो कार्यकालमा ०६४ को संविधान सभा सदस्य देखि प्रतिनिधी सभा सदस्य सम्म सयौ युवा, युवतीलाई बेरोजगारी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न रोजगारीको सृजना गरियो । आफु खाली हात आएको र खाली हात जाने भएकोले आफ्नो बाकीको जिवन जनताको हकहितको लागि बित्नेछ उनले बताईन ।
क्षेत्र नम्बर ३ बाट विजयी भएकी साह नेपाल सरकारको कृषि मन्त्री बनेको बेला कृषि क्षेत्रमा क्रान्ति ल्याएको थिईन । पुर्व मन्त्री समेत रहेकी साह निस्वार्थ रुपमा राजनिति मात्र गर्दै आएकी छिन









