वैशाली/विहार
देशकी प्रसिद्ध न्यूज एंकर चित्रा त्रिपाठीलाई हाजीपुरमा डा. शशि भूषण कुमारले वैशालीको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमि समेटिएको ग्रन्थ “वैशाली अभिनन्दन (Homage to Vaishali)”, पत्रिका “बज्जिका मन्दाकिनी” र मानव अधिकार विषयक पुस्तक “मानवाधिकार : एक दृष्टि” भेटस्वरूप प्रदान गरे। डा. कुमार सार्क देशहरूमा संस्कृति संवाहक तथा मानवाधिकार टुडेका सम्पादक हुन्।
यस अवसरमा डा. कुमारले चित्रा त्रिपाठीलाई वैशालीको पहिलो लोकतन्त्र, मातृभाषा बज्जिका, भगवान महावीर, आम्रपाली, र बौद्ध धर्ममा आम्रपालीसहित सात महिलाको प्रवेशबाट वैशालीमा महिला सशक्तीकरणको शुरुवात कसरी भयो भन्ने विषयमा करिब एक घण्टासम्म विस्तृत जानकारी दिए।
चर्चित न्यूज एंकर चित्रा त्रिपाठीले भनिन् — “वैशाली लोकतन्त्रको प्रथम धरती र यसको मातृभाषा बज्जिका निकै प्यारी लाग्यो।” कुराकानीको क्रममा उनले पद्मश्री, पद्मभूषण तथा पद्मविभूषण सम्मान प्राप्त लोकगायिका शारदा सिन्हाको प्रसिद्ध गीत “पनिया के जहाज से पलटनीय बनी आइह पिया…” को चर्चा गरिन्। यसमा पत्रकार शशि भूषण कुमारले गीतमा प्रयोग भएको बज्जिका भाषाको सौन्दर्यबारे जानकारी दिए।
कार्यक्रमको अन्त्यमा गायक कुन्दन कृष्णाका लोकगीतहरू सुनेर सबैले लोकसंगीतको आनन्द उठाए।









