रन्धिर साह । रौतहटको कर्कचका पोखरामा सोमबार करिब ११ बजे डुबेर दुई बालिका बेपत्ता भएको थियो । ती दुई बालिका मध्ये एक बालिका आज मंगलबार २० घन्टा पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सन्युक्त टोलिले पता लगाएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच निवासी रामदेयाल रामको करिब १२ वर्षिया छोरी आर्ती राम गाउँको पश्चिमी क्षेत्रमा रहेको मानव निर्मित पोखरी नजिक बाख्रा चराउन गएका र बालबालिकाको समुहमा लागेर नुहाउने क्रममा बीच पोखरीमा फसेर पानीमा डुबेको थियो । सोमबारदेखि नै प्रहरी टोलि खोजी गर्दा गर्दै आज मंगलबार २० घन्टा पछि आर्ती रामको शव फेला पार्न सफल भएको हो ।
रामको शव हाल प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले बताएका छन् । प्रहरीका अनुसार थप खोजतलास कार्य जारी रहेको बताए छन् ।









