वीरगंज/५ असोज
वीरगंज महानगरपालिका वडा नम्बर २० मा ८ वर्षदेखि खाल्डो खनेर अलपत्र छोडेको सडक निर्माण बारे वीरगंज वडा नं २० का वडा अध्यक्ष रामकिशोर सिंह परागले पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण मिश्र मार्फत शहरी विकास मन्त्री कुलमान घिसिङ लाई ध्यानाकर्षण पत्र बुझाएका छन।
वडाध्यक्ष सिंहले भने वीरगंज महानगरपालिकाको वडा नं २०,२७ र १८ समेतलाई जोड्ने सडक मर्मत गर्नको लागि कन्ट्राक्ट नम्बर DUDBC / Parsa/2074-075 /NCB-08 ठेक्का लिएको थियो।
हरपतगंज हाईवे, अपौनी,उदयपुर घुर्मि, सौराहा लगायत दर्जनौँ टोल अन्तर्गत पर्दछ । यस सडक विग्त ८ वर्षदेखि सडक डिभिजन कार्यालयको उदासिनका कारण अलपत्र राखेर दुःख दिने काम गरिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण मिश्र लाई अवगतगराएका हुन।
ठेक्केदारले सडक बनाउन आएर गहिरो खाल्डो खनेर अलपत्र छोड्दा हैजा, मलेरिया,डेगुँ जस्ता रोगबाट यहाँका स्थानीय पिडित भएका छन् ।
हामीले ८ वर्षमा १३ पटकसम्म समय दिदाँ दिदैं भन्दा भन्दै थाकिसकेका छौं । गत आर्थिक वर्षको जेठ महिनामा केही काम गरे पनि सडकको दुवै छेउमा नाला निर्माणका क्रममा बीचको २/२ फिट माटो काटेर हटाइदिएपछि त्यहाँ कुनै किसिमको फिल-अप वा ग्राभेल हालिएको छैन् । यस कारण पानी जमेर आवतजावतमा निकै कठिनाइ भएको वडा अध्यक्ष सिंहले बताए।
वडा कार्यालयको बजेटले हुने भए हामी गर्थयौँ तर ८ किलोमिटरको बाटो खाल्डो खनेर लामो समयदेखि त्यहिँ खाल्डोमा पानी जमेर बसेको छ ।पछिल्लो समय यहाँका स्थानीयले वाक्क दिक्क भएका छन् ।यो समस्या समाधानका लागि बारम्बार सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगंज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएपनि हालसम्म कुनै ठोस पहल नभएको वडा अध्यक्ष सिंहले बताए।
अतः, माननीय मन्त्रीज्यूको पहल र सक्रियतामा अपूरा काम तत्काल सम्पन्न गर्न, सम्भव नभए हाललाई ग्रेभल बिछ्याई बाटो चलायमान हुने व्यवस्था मिलाइदिन वडा अध्यक्ष सिंहले आग्रह गरेकाखन।
वडावासीहरूले लामो समयदेखि भोग्दै आएको यो समस्या तत्काल समाधान भई नागरिको सहज जीवनयापन गर्न पाउने व्यवस्था मिलाउनुहुनेछ भन्ने वडा अध्यक्ष सिंहले विश्वास लिएका छन।









